चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः
उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका
थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए। त्यस ठाउँले उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए ।
उनको 'कान्तिपुरी' मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी
उनलाई कान्तिकी पुरी जस्तो लाग्यो, जस्तो कहिले-कहीँ हामीहरू
बिहान-बेलुका पहाडचुलीमा देख्छौं । उनी नेपाली स्त्री-पुरुष देखेर हार्दिक प्रेमको कवितात्मक प्रशंसा लेख्तछन् ।
गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर सानी अमरावती पृथ्वीमा खडा हुन्छिन् । हामी त्यो कविता पढ्नासाथ
बुभदछौं-कति सरलतासँग उनी कान्तिपुरीको हृदयनजीकै पुगे । आजकालका कविहरू पनि लेख्छन्-विशाल बिस्तार र अलङ्गारसँग ।
कोही-कोही छानबीनको अलौकिक चात्री चाहन्छन्, तर हृदयले पाएका
झल्काहरू त्यसै सुन्दर छन्, सचेत रोजाइको जरूरतै छैन । कवितामा
गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको गहिराइ देखेन ? गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता
सरल भएर झल्किन्छिन् । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरको
मौन लिन चाहन्नन्, तर कलकल बोल्दछिन् । झल्किन्छ हामी भन्न
सक्तैनौं, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर
कविताहरू हामी पाउन्नौं, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ आँसु हाँस्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्, मेरा निम्ति
नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन् ।
२६८लक्ष्मी निबन्ध-संग्रह