सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुब्वादार
क्षेत्रमा पनि हामी चमत्कार देखाउन सम्ने थियौं । त्यहाँका प्रतिभा पनि
फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद
आउने थियो, ढिँडोबाट पनि अर्कै ताकत ।सिस्नाको रस पनि टोल्हाएर
पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप
पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र
सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी,
जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। मत
यस्तो ठाउँमा एक सारङ्डी लिएर गीत गाउँदै, पृथ्वीतारायणका र पृथ्वीराज
चौहानका । धूलोमा
अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू ।
बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा
आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने
थिएँ, अनि रसायनका बोक्सी रडहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका
पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या भझिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउंदथे; अनि कहानी सुनाइदिन्थें,
कहिले हँसाउने कहिले रुवाउने ! पहाडका
कथा
र सागरका
कथा,
सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्धें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना
मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारड्डी
र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी
शिशुहरूका, र तिनीहरू अतीतको कवामा कान लाउँंदा-लाउँदै सृतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन
निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा
धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरेँ तर कार्यमा पुराउन अनेक जीवनको परिष्कृतिबिना
आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले ।
बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू
पहाडी जीबन/९