This page has not been proofread
उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
नानीथकुंको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिवनारानलाई खट्कन थाल्यो । अनि नानीथकुंमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने- "नानीथकुं ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"
डाक्टर गोदत्तप्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुंका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन शिवनारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।