Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/49

From Nepali Proofreaders
Revision as of 17:55, 16 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread
तिहार

(१)
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार ।
बन्दछ मानू सबको काम
खुसी छन्‌ राजा रैति तमाम ॥

(२)
अन्न छ सबका घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण ।
काग र डुलुवा कुत्तासम्म
भत नहेर्ने यो छ अचम्म ॥

(३)
घर घर सबका भाँती भाँती
झकमक बल्छन्‌ दीपक-ताँती ।
झिलिमिलि झिलिमिलि वारी पारी
यो छ मजाको रमिता भारी ॥