मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ ।
क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । “यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सानो पुतली-पयरले !' भन्दै मानिस आफ्नौ दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले सुस्तसँग कानेखुसी गर्दछ, 'जा, बा ! तँ जादूको पुतली होस्, असीम शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ। तँ सत्यको सुन्दर, मोहनीको पीछा लाग्, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले वास गर्दछ । तँलाई स्वर्ग छुनु छ । तँ माटो होइनस् । आलस्य र नैराश्य दुवै असतृका टुना हन्। गिर्नु, उठनु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिनेजस्तो भेदनुमा त॑ सत्यको नजीक पुगिरहेको छस् । असम्भवले बनाएको तेरो सत्यमार्गी अनन्त शाक्तिमत्तामा प्यास, आस र उद्योगको मोहनी भर्ने हो ! तर सम्भवका सीमा छैनन् ।'
“क्ुद्रे हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परतप' भन्ने मन्त्र पहाडहरूको नीलो मसीमा लेखिएका हरहमेशा हाम्रा नजरअगाडि मोहनको मोहनी झैं टड्कारो दृश्य छ । मानौं पहाडहरू पृथ्वीमा चरण राखेर स्वर्गतिर दौडँदै भन्दछन् । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं सारा नेपालको भाषा छ । त्यहीँ सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर र दिन त्यहीँ आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरू झल्काइरहेछन् । मानौं त्यही सिर्जनाको दैनिक उद्घाटन छ। शून्य अन्धकारमय जगत्लाई नवीन रूप, रङ र खँदिलोपन स्थितिमा राख्ने प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन् । हामी त्यहाँबाट प्राथमिक सिर्जनात्मक भावहरू पाइरहेछौं मानौं त्यहीँ संगीत मुखरित भइरहेछ, मानौं संसार संगीतबाट या संगीतसँग सिर्जना हुन्छ । बस् !त्यहाँ पुग्नको महिमा हराउनासाय तामी मु दा जस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी संसारका सर्वोच्च शिखरहरू चढ्दछौं ।
हामी नेपाली गौरीशङ्घरको यात्री भएका अझ छैनौं भने त्यस विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ