बहाइदिन्धिन् । उनीले भावनाले पोसेकी थिइन्, सपनाले सजेकी थिइन्, श्वास-श्वासको शुभेच्छाले बेह्रेकी थिइन्, उनलाई कान्छी औंलाको टुप्पामा गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा देख्ता मुटु सिरिङ्ग हुन्थ्यो । आँसु त्यसै पग्लिन्थ्यो । त्यही कोमल सर्वस्व उनी छातीको छाती राखूँ भन्दथिन् । पापी हातहरूले खोसेर पत्थरमा उत्तानो पारेर राखिदिए उनीले मागिन् । कसरी ? म भन्न सक्तिनँ आकाशतिर हेरेर, सबै मानवताको मुखमा हेरेर, दुबै हात फैलाएर के मागेको हामीले दिन सकेनौं । हामी रोयौं । उनीले आखिरी हिक्काहरू हेर्न सकिनन् । हामी देखेर खालि पिल्पिलाउँथ्यौं लग्यो क्र्रले ! बीच-बीचमा तिनी दाह्रा किटथिन् । मानौं सब क्रूरका अदृश्य शक्तिहरूसँग लडाइँ खेल्न चाहन्थिन् । “हाय' हामीले भन्यौं, 'यो दृश्य सहन बाँच्नुपर्दछ ।' ती कहाँ अल्पिइन् कसैले जानेन । तर यो जीवनको स्पर्शले, हर्षले तोते बोल्ने मूर्ति "संसार अनन्त वेदनामय !' भनेर लम्पसार थियो । मानौं आँखा उनका खोजिरहेका थिए, माथितिर कोही देश-जहाँ हामी लड्दैनौं, भिड्दैनौं' आँसु खसाल्दैनौं ।
'हे ईश्वर”, मैले भने, “हामीलाई मार, दुःख दे तर बालखबाट यसरी जननीलाई वियोग नदेङ ।” तर ताराहरूमा चिसो ज्योति थियो, मानौं तिनीहरू भन्दथें, “हामीहरू पनि लाचार छौं ।” मैले सम्झें, यसै कारण साधुहरू संसार छाड्दा रहेछन् र भित्रबाट आत्माले टोह्लाउँदै भन्यो, 'बिचरा मानिस ! तँ अहङ्गार नगर् ! मैले पठाएका मृदुलताहरू मकहाँ आउन्नन्; किनकि तेरो संसारमा हावाभरि धूलो छ ! तँसँग परमेश्वर हरहमेशा बस्न पाउँछन् ! तँ छिन्न, लुछ्न, च्यातेर हेर्न चाहन्छस्, तेरा आँखा गुलाफका जरामा हेर्नलाई ज्यादै खस्रा छन् । तेरा भावहरू ज्यादा हानथापमा रहन्छन् । तँ त्यो धर्म बुभ्दैनस् जो म तोतेमा बोलिरहेछु ! तेरो छातीमा म लिप्सिन आएथें, तँलाई आमा-बुबा भन्दथें । तर मलाई देखेर तेरो संसारले बहिरो कान लगायो र मेरा सबै ध्वनिहरू हृदयमा लिएन । म ताती गर्दै संसार धारण गरिरहेथें, मृदुलतामा तैँले जीवनको विशाल धर्मको स्पर्श गर्न सकिनस् । मेरो एक मुस्कानमा समस्त क्रूरता निभाउने शीतलता थियो, अमृतको ज्योति ! संसारले समझमा ल्याउन सकेन! त्यहाँ निर्मलता थियो, त्यो देखेर तँ शर्माइनस् !त्यहाँ विश्वप्रतिभालाई आफू सँभाल्ने अनन्त मृदुल