Jump to content

Page:Champa.pdf/40

From Nepali Proofreaders
Revision as of 23:22, 8 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

मसँग कुरा गरिरहनको सल्लाह नि यताउपर चिन्तित छन् ।

यी विचारले चम्पा तुरुन्त ढोकाको पल्याँटो उघारेर खुरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतिहरू गर्दछन् जो स्वामीलाई कहिले कहिले निराश पार्न या कज्याउन चाहन्छन् ।

"ए ! ए !! चम्पा !!!" सचेत रामकान्तले गालीको टोनले बोलाए- मानो टेबिलको मसलादार तरुवा माछो टिपेर हिँडेको बिरालालाई हप्काएझैँ । तब उनी फेरि गौडदार बने ।

बैँस मिठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो तर मेरो अवस्था खराब छ । हुन त आमाले भन्नुभएको कुरा बेमुनासीब होइन । ब्रह्मचर्यको पालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा ! त्यति राम्री, त्यति सुकुमारी ! त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानो उनको पुष्पसदृश विकाशमा केवल माहुरी र भँवराको खोजीको सिवाय नक्कलझक्कल नै थिएन । पोसाक उनको सँगी थियो । राम्रो हुनु उनको धर्म । शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानो प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो … जीवन ! ….. जीवन ! प्रेममय जीवन !"

यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? यस वेलासम्म चम्पा सेती मैली गोधूलि र आँसुकी तारा हुँदी हुन् । उनका इन्द्रेनीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास- मारूँ, मारूँ निलोको मधुर त्रासको गाढापन …….. पहेँलोको धनी वसन्त, इत्यादि, इत्यादि …….. शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अधमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरू मरेका नागिनझैँ अजिब रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउन खडा रहन्थ्यो ।

उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी आफ्ना निम्ति एक महान् प्रहसन थियो । खै ! तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मका लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको