हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
थिइन् बात्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
(२३)
त्यहाँ सृत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
, त्यहाँ धानी' भयाउ च्यवन क्रषिको झै छ गहना ।
त्यसै भेल्धे आफ्नो परुषपन ती भझड्कृत बनी॥
(२४)
सधैं झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरि ।
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
(२५)
सुधा भर्थ्यो मीठो शशिवदनको शीतलतम ।
दुत्थ्य पातै पनि अचल बन्दै हरदम ॥
सुषुम्ना' झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
(२६)
पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
नदी देखी भज्दी खुश दिल बनी ब्रहमजलधि
दुवै आँखा चिम्ली दिवसर निशातुल्य सुचिर ।
बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥
(२७)
न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
पर्लेटी मार्थे ती तरिक जुनी शीतल थल ॥
दुबै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
उदाएका देख्छन् शशिवदन पीयूष-करमा ॥
(२८)
Page:Shakuntala.pdf/19
Appearance
This page has not been proofread
