Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/35

From Nepali Proofreaders
Revision as of 11:16, 4 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४०)}} जसका द्युतिको अगिल्तिर ::शरमाएर झुकाउँदै शिर । जगदीश्वर ! वैद्युती छटा ::धमिलो बन्दछ धन्य त्यो जटा ॥ {{pcn|(४१)}} स्फुरणास्फुटता अथाह त्यो ::अथवा दिव्य जटा-कटाह त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४०)
जसका द्युतिको अगिल्तिर
शरमाएर झुकाउँदै शिर ।
जगदीश्वर ! वैद्युती छटा
धमिलो बन्दछ धन्य त्यो जटा ॥

(४१)
स्फुरणास्फुटता अथाह त्यो
अथवा दिव्य जटा-कटाह त्यो ।
गमको छ गिरीश । दुर्गम
गमभन्दा बढिया नमो नमः ॥

(४२)
मुकुटाऽकृति त्यै जटामहाँ
फिर गङ्गा जननी कहाँ कहाँ ।
बहँदी जगदेकमङ्गला
हर !। गङ्गाधर ! धन्य त्यो कला ॥

(४३)
जगदीश ! जटा र जाह्नवी
दुइको दिव्य दुरन्त त्यो छवि ।
दिलमा झलमल्ल भो जब
अनि यो विश्व सबै शिवै-शिव ॥