Jump to content

Page:Tarun tapasi.pdf/80

From Nepali Proofreaders
Revision as of 21:02, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

३३
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली ।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवनकलि ॥

३४
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी ।
नडूबे पैसाको मलिन ममतारूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥

३५
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी ।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति ॥

३६
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
मनुजचरितलाई दुःखको नै निधान ।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥