Jump to content

Page:Champa.pdf/13

From Nepali Proofreaders
Revision as of 15:40, 8 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"माक्क" शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरु विचार गर्दथे कि बूढाबूढीहरु एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि ….. मोहनी त बैँसको धन हो । उनीहरु दुवैले बूढो मर्न लाग्या- फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यौ बूढा ……. ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबार पाँडेको नक्कल हेथ्र्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? ……. छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनी जस्तो ……..

बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । १/२ वर्ष हड्बडाउनुको जरुरत थिएन ।

बूढाले भने, "बिचरी कोपिलै छ, आँग फुकेकै छैन । पिटिबक जान्न पराई घरमा ?"

बूढीको चित्त बुझेन । त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ?.. अनि आफूलाई ज्यामराजले निम्तादिइसके । मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बाह्र वर्ष थोरै हो त ? च्वाट्ट पर सरे, बिताएन ? कुनामा बसेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ? ….. अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो होइन हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।

घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरु भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ । असहयोगभन्दा कडा ।