Jump to content

Page:Shakuntala.pdf/350

From Nepali Proofreaders
This page has not been proofread

साना छन्‌ रत्नका दाना बालुवा-पथमा जहाँ
जूनमा भझल्ल झल्केका र्गीचम्गी मनोहर
घाँसभित्र कला दिव्य रङ्ग लेख्दछ सुन्दर
सजीवता थपी रम्य, मेलको बन्न चात्री
वल्लीमा फल्दछन्‌ रत्न कलाका चाह पत्रका
हवामा छुन्मूनाएर रङ्गीचड्बी बनी निका
वृक्ष छन्‌ जूनमा बढ्ने कैमुदीको सुगन्ध ली
दिव्य कोमलता नै छ विशेष गुण ती भरी
बाब्गाटिङ्गा कतै छैनन्‌ असुन्दर मुखाकति
कलीलो दिव्यता नै छ स्वर्गको मञ्जु पद्धति
बास्ना त्यहाँ इन्द्रियमा घुसी आत्मा समाउँछ
वसन्त नित्य भै छैन लाग्दो चिच्याट चित्तमा
हरिया नित्य छन्‌ पात श्वास वास समन्वित
सौन्दर्य नै पिई बल्ने राम्रा बान्की कलायुत
मीढो शीतलतासाथ गानको मृदु गौरव
दिलै गदगद पारेर पक्षी लिन्छ झुलीकन
लहरा हाँगिएका छन्‌ नटी झै चारु-भूषण
हरेक चाल आनन्द नाचे भौँ पत्र भैकन
पुष्पदार हरा हाँगा पन्ना कोमल पल्लव
हजार इन्दुका ररम पार्दछन्‌ राम-वैभव
छैन बादल स्वर्गैमा पृधिवीको सिँगार त्यो
जल दिन्छ हवा खालि ज्योतिले शीतरशिमको
वृष्नले सिर्जना गर्छन्‌ भ्रतुदार नयाँ रँग
विभिन्नता राख्नलाई दृश्यमा चारुतासँग
कालै न छ जिते जस्तो छैन झैं परिवर्तन
खालि काल छ राखेको राख्न ताल र नर्तन
जता हेयो उतै सुख्ख जुनेली बन्छ झल्मल
छैन ताप कतै चिन्ता आत्मा बल्दछ शीतल
तर यस्तो शीतलता पृथिवीमा छ नाहिरी
दिलमा भित्र आत्मामा घुम्छ यो तर माधुरी
(१६८)