त्यहाँबाट उड्यो यान अझ उंचा बनीकन ।
रजोमण्डल नाघेर सानो द्वार घुसीकन ॥
(१४१)
तन सुन्दर आलोक समुज्ज्वनल मनोहर ।
शृभ्र शान्त र सानन्द देखियो शाचिको घर ॥
(१४२)
सङ्घर्षण विना स्वच्छ उज्यालो छ नभस्तल ।
पीयूषको रष्ग त्यहाँ झल्किए झै छ झल्फझल ॥
(१४३)
वसन्तका णाशी जस्ता नातिशीतोष्ण ली कर ।
ईशको दिव्य मुस्कानतुल्य छन् दीप सुन्दर ॥
(१४४)
नवीन मृदु भावादि गर्छन् सञ्चार ररिमले ।
मौनको शान्तिमय त्यो मधुपूर्ण प्रतापले ॥
(१४५)
रङ्ग देखिन्न क्यै अर्को तर नेत्रप्रसादक ।
दिन्छ शीतलता मीठो रिमले शान्तिदायक ॥
(१४६)
आफैं तृप्त भई आत्मा पान पाउँछ शीतल ।
नखाँदा पनि खाए झैं नप्यूँदा झै पिए जल ॥
(१४७)
स्वयं संवर्द्धन लिनै प्रकाशतिर स्वर्गको ।
भावना स्वविकासी छन् फुक्दा आनन्दले निको ॥
(१४८)
व्योमका अणुमा मानो दिव्य इच्छा सजीवता-
साथमै लहरी झीनो भन्न गर्छ कता कता ॥
(१४९)
उक्लिने प्रेरणा हन्छ पड्खमा अभिलाषको ।
सफा सानन्द चिडियाहरूमा झैं प्रभातमा ॥
(१५०)
Page:Shakuntala.pdf/345
Appearance
This page has not been proofread
