Jump to content

Page:Shakuntala.pdf/306

From Nepali Proofreaders
This page has not been proofread

बनिन्‌ प्रेमी मीढठी चकित भास्करसँग ॥
पिताले मानेनन्‌ तर विरहमा
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन्‌ बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
, चरा सिर्ज मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्‌का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन्‌ विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ र; तौ सथ जपना ।
सधैँ बन्ने त्यस्तै- भुलन्‌ कसरी ? हाय ! सपना ॥
(१७६)

मलाई दी औंठी समर-थलामा शात्रुदमन ।
जसै फर्कीनक्स्यो हृदय तन रन्थ्यौ दिन दिन ॥
बनाई घण्टी झैं मुदु, जलदृशीपूजन गरी ]
सधैँ नाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुखको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाना प्रणय-दिलको कोमलमुना ।
चढाई आशाका निशिसरि उषा -नमुना ॥
हरे निर्सीनक्स्यो ! क्षण क्षण हँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)

भयो चीरा-फाटा मुदु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झै मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)

भनी झारी बर्‌बर्‌ नभनिसकिनै जीवनकथा ।
अरू बाँकी रुन्छिन्‌ "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो कुर प्रकृति प्रभ्‌ के कारण हुने ?
(१७९)