Jump to content

Page:Shakuntala.pdf/305

From Nepali Proofreaders
This page has not been proofread

चिरेको स्यूँदोमा दिनकर प्रभा झै परिगयो ।
अहा धर्कै शोभा जलदबिच कालो ललित यो ॥
भनी हाँसी मेरो हुदयघनमा छाप अरुण ।
सही तिम्रो पारे अन त कसरी उम्कनु भन !
भनी मर्जी हन्थ्यो, त्रिभुवन छ बिर्ता तिमीकन ।
मलाई, हे स्वामी मृदु अधरले केवल भन ॥
भनी च्यूँडो मेरो मृदुल करले सुस्तरि लिई ।
उचालीबक्मेध्यो अरुण मैं भएँ फर्किन गई ॥
तिमी फर्की बन्छौ निशिसरि अहा केश घनले ।
म जून्कीरी बन्छू घपधप बली मुग्ध मनले ॥
भनी मजी हन्थ्यो छ र सन_ करा भुल्न सकिनै ।
त्यसै बिर्सी बस्ने प्रभु, फलल सम्झन्छु म भने ॥
(१७३)

चरी बोली मीठो किसलयविषे प्रश्न स्रिलौ ।
तिमी कस्ती लज्जारहित वनमा लुक्न चत्ुरी ॥
कता टिप्दै बोब्छयौ किसलयहरूमा नवनव ।
तिमी को को भन्दै मकन गरि सम्बोधन अब ॥
भनी मर्जी हन्थ्यो हुदय पनि लज्जासित सुनी ।
'कहाँ को हो को हौ' पिकरव म सृन्थेँ त्यस ध्वनि ॥
कसौरी बिर्सेको श्रवण अझ गुँज्दो छ मनको ।
कहीँ छन्‌ ती वाणी कन हृदयमा के सुमनको ?
(१७४)

मलाई प्यारो त्यो मृग-शिशु अनौठा रखिसँग खसँग ।
गरी आयो फुर्फ्‌र्‌ छन्‌म्‌नु पुच्छरकन ॥
हुँदा गर्मी झिक्थ्यो मद्ल रसना त्यो मृग पनि ।
दिईबक्मेध्यो क्या मृदु कमल पत्तीनिश् जल ॥
(१७५)

कसोरी बिर्सेका प्रभ्‌ विपिनको सृन्दर कथा ।
प्रभाका प्रैीमीका मकन दिलको सुन्दर ज्यथा ॥
वसन्ती बारीमा मदनघनु-टड्रार मृद्ल ।
सुनी मूर्छा बन्दी छन कमलको सुन्दर दल ॥
टिपी छर्की पानी जब मृदुलता ब्युँझिने गइन्‌ ।