Jump to content

Page:Shakuntala.pdf/292

From Nepali Proofreaders
This page has not been proofread

सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा ।
केही क्रोधी रँग लिउँ लिई ढब्ग देखाउँदा छन्‌ ॥
सोच्छन्‌ मेरो यश विमलमा आज बट्टा लगाई ।
उल्टो शिक्षा दिन अब यिनी आउँछिन्‌ बक्बकाई ॥
(१०३)

धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल ।
होशौ गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भूली ॥
स्वर्गबाट विचित्रता तल झरी बिर्सेर वैकण्ठका ।
राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हँदा ॥
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा ।
नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥
लालीसाथ र शीतसाथ लजिली फुसख्नेर जाँदी अनि ।
त्यो स्वप्ना कन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥
आँखा हेर्दछ, समिफिदैन दिलले, उठ्दैन रोमाञ्च नै ।
चीसो रक्त नशा नहाउँछ न ता नानी दुवै चम्किए ॥
(१०४)

द्ना शून्य भई भएछ नभमा सारा खरानीसरि ।
सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन ।
सारा हेर्दछ मोहिनीरहित छन्‌ संसारका चीज नै ॥
के के झै जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा करा ।
बिर्सी प्रेम फ्रिभिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥
त्यस्तै आज भए क्षितीश दुगका साम्ने खडा ती छँदा ।
"को हन्‌ यी किन आउँछन कति भििँझो" भन्दै हुँदा दिक्क ती ॥
(१०५)

"को होलान्‌" मन प्रश्नमा छ'म कहाँ जाँदा भयो भेट र ;
देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥
यो हो के तर भो छकावट सबै कोही महाजाल हो ।
पद्धयन्त्री हुन सक्दछन्‌ कपटका स्वीरूप के चाल हो ?'
(१०६)