This page has not been proofread
राज्यका स्थिति विकार बढेर ।
निप्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।.
खल्बलाउन गईकन आफैं ॥
(७७)
सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस् त समाधि ॥
(७८)
सत्यमडखल ननेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्ददे गिरिजरा नअडेर ॥
(७९)
कीर्ति भृपहरुको रविको झै ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन तुटिले जुटिजाँदा ।
फेरि सूर्य कसरी नलिजाने ?
(८०)
सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)
जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्णबाट यदि वर्षण हन्छ ।
अन्धकार तन सृष्ट रहन्छ ?
(८२)