This page has not been proofread
पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
मानसरोबरको
ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्
थोरै ढल्केर ।
(१०)
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
दुना उनका आँखा
मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।
(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।