Jump to content

Page:Luni.pdf/7

From Nepali Proofreaders
Revision as of 12:09, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(३)
सुन जलपको छानो
र्र्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
फलमल बल्दो पलमा
चम्के जस्ती सुन सुन
किरण मिल्दामा ॥
सिंह दोटा पाले,
लामा लामा बाले
'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
कल्चिनलाई कोमल,
साँर् सबेर बज्छन्‌
घँ घुँ भै बाजा!

(४)
बुट्टे रेशम पर्दा
म्यालमा रुल्कन्छ ।
नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
लक्खनूबुट्रे काठका
किश्ती उसका छन्‌ ।
चियादानी सुनका,
माणिक प्याला घनका;