Jump to content

Page:Shakuntala.pdf/328

From Nepali Proofreaders
This page has not been proofread

ती हुन्छन्‌ फूजजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारै घरसरि पृतलीको सफा चारु चट्ट ।
मिर्मरि स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
(११)

हेर्छन्‌ दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
काना काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
छाना छाना उठेका गजुरहरु तिखा सानु दुप्पा सियाका ॥
(१२)

नीलो नीलो हुँदै गो रंग परपर भै रूप सारा गुमेर ।
नीलो नीलो फिका क्यै सुमधुर कुद्दरो पातलो बेर्हिए झै ।:
आयो चाँडै तहालू जलद अन बनी पातलो हस्सुतुल्य ।
भेट्थ्यो त्यो यान उँचा अन घनतलका पातला जाल चल्दा ॥
(१३)

चीसो मिक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
देखी हाँसेर भन्छन्‌ नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन्‌ उष्ण भाव ।
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
(१४)

बोले यी मिष्ठवाणी जब स्ुरपतिका यानका हाँकले ती ।
राजाले अस्त्र आफ्नो 'हृदनल'[1] महिमासाथ गर्छन्‌ प्रयोग ॥
झिल्क्यो आगो भिभिल्‌भिल्‌ झलललल घुम्यो, यानको चारतर्फ ।
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
(१५)

गर्मी चढ्दै गयो झन्‌ क्षणभर स्र ती रापले ताप पारी ।
गर्माएका हेँदामा हैँसमुख अब छन्‌ भूप भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो ।
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
(१६)

  1. काल्पनिक आन्यस्थ ।