This page has been proofread
९७
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
दुःखीको पसिना-पूर्ण-फल्यो सारा परिश्रम ॥
९८
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा ।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा ॥
९९
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥
१००
म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी ॥
१०१
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतु-माथी यो छ काव्योपहास ।
अवगुण सब छानी गर्नु-होस् दृष्टि-पात
भनि सबसँग बिन्ती गर्छ यो 'लेखनाथ' ॥
इति हेमन्त-विचार