This page has not been proofread
"कहिले बिहा भयो ?" भनी ।
जन तोद्रछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन् तुयौवनी ॥
(३६)
उ छ खिल्ल "ए ! त्यसो भए ।
भर्वेराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछ "कहो कहो ॥"
(३७)
स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन् स्मञ्जुला ॥
(३८)
जब खोल्दछिन् मुहार ती ।
सुरबागका जुहार ती ॥
मृद् छन् गुलाफ भारती ।
मुकमारिता अपार ती ॥
(३९)
जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निषि के दुहनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)
अडदछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाद्र दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)