This page has not been proofread
(२०)
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
राम्रै प्रकाश गर्दै छन् आफनू विधवापन
(२१)
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन् शशी
अँध्यारा बन्दछन् लाग्दा शत्रु-दुर्यशको मसी
(२२)
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल
प्रभुको सङ्गले आज पाइन् लाखन मङ्गल
(२३)
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी
राज्यश्रीको सदा गर्छन् सेवा टहल बेसरी
(२४)
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख
जगत् छोपी बसेको छ मुखरुपी ठुलो रुख
(२५)
नाना प्रकारका गान बजानाहरुले गरी
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी
(२६)
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा
फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा