This page has not been proofread
(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर
(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण
(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर
(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि
(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन
(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥
(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन् ती अझै पनि ॥