Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/298

From Nepali Proofreaders
Revision as of 12:16, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(६)
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ?
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन

(७)
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ??

(८)
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन

(९)
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ??

(१०)
मिलेको छ महाराज ! काजमा नीति-पद्धति
नपुगेको कहाँ होला ? काव्यमा रसको गति

(११)
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती
बोलेकी छन्‌ धरानाथ ! दीयताम्‌ दीयातामिति

(१२)
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति ।
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति