Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/279

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(४७)
ख्याल गर्दा बिरालाले मुसाको जुन हालत
हुन्छ, तेही भयो मेरो हरायो होश-तागत

(४८)
कता बुद्धि कता शुद्धि केही नचलने भयो
विधर्मीले अँठ्याएर हिन्दूको ठीक भै गयो

(४९)
पौवा चितौनको झाडी मोटो गैँडा म छु खडा
शिकारी दुष्ट ती भाला रोप्न थाले तिखा कडा

(५०)
दुष्टको दुष्टता निद्रा-वनलाई सलाइ भो
आँखा झिमिक्क लागेन प्राण-बाधा मलाइ भो

(५१)
जब सूर्य उदाएथे उज्यालो प्राण झैँ बनी
अनि ती छुट्टु लाम्खुट्टे भागे, जागे अरु भनी

(५२)
यही चोला सही मित्र ! अहिले भित्रबाट म
आउँदै छू यहाँसम्म यो अचम्म कहेँ सब

(५३)
निका निका रसिकको मन-रञ्जन पारन ।
हास्यको भास पारेर लेखेँ यो वाहिनीकन