This page has not been proofread
(३)
घडी विकट भस्त्रिका***हुन्छ निःश्वासले
घडी अचल भै तिमी अडदछ्यौ सुखाऽऽभासले ।
विलक्षण छ वातको गति, बुझिन केही पनि
सखी ! भने वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
(४)
बगाइ पसिना घना खलखली, सही कम्पन
बलैसित उठाइछौ सब सहस्रपत्राऽऽसन*** ।
झिजो बहुत मान्दछौ अलिक बात चल्दा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
(५)
चढ्यो अब शनै: शनैः पवन कण्ठमा भन्दछ्यौ
विशालतम विश्व यो सकल शून्यझैँ ठान्दछ्यौ ।
बसी फगत सुन्दछ्यौ विविध मञ्जु गुप्त*** ध्वनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
१. खलाँती र प्राणायामको भेद ।
२ . पत्राऽऽसन: कमलको पत्रको आसन र पद्माऽऽसन
३. गुप्त: गुप्ती मीठा कुरा र अनहित