Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/164

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} ठाडो गरी शिर शिखाबलको बथान ::गर्दै सकौतुक सबैतिर दृष्टि-दान । खोजी गरूँ मिहिरमण्डलको भनेर ::लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥ {{pcn|(३३)}} पारी सबै गगनमण्डल नाट्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३२)
ठाडो गरी शिर शिखाबलको बथान
गर्दै सकौतुक सबैतिर दृष्टि-दान ।
खोजी गरूँ मिहिरमण्डलको भनेर
लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥

(३३)
पारी सबै गगनमण्डल नाट्यशाला
नक्षत्र-हार पहिरीकन रात्रि-बाला ।
आँटी अवश्य अब खेलन केहि काल
पर्दा गिर्यो तिरमिरे छविको विशाल ॥

(३४)
एकै थिए अघि अनन्त सबै पदार्थ
झल्काउने रवि महाकवि झैँ यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
गर्छौँ भनी जलिरहेछन धूमधाम ॥ *****

  • यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक