Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/142

From Nepali Proofreaders
Revision as of 16:05, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} दैव ! दिएथ्यौ तिमिले एक ::बोलन सक्ने शक्ति विवेक । पाइरहेँछु तेसै-द्वारा ::बन्धन, गाली, धम्की सारा ॥ {{pcn|(२१)}} मकन दिलाई सङ्कट जेल ::मानिस गरने कौतुक खेल । यो कस्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२०)
दैव ! दिएथ्यौ तिमिले एक
बोलन सक्ने शक्ति विवेक ।
पाइरहेँछु तेसै-द्वारा
बन्धन, गाली, धम्की सारा ॥

(२१)
मकन दिलाई सङ्कट जेल
मानिस गरने कौतुक खेल ।
यो कस्तो हो पापाऽऽचार !!
दीन-दयालु ! लाऊ पार ॥

(२२)
गुणको वैरी मानुष-जाति
शुष्क गराई गुणिको छाती ।
प्राण-पखेरू नलिए-सम्म ॥
खुश किन हुन्थ्यो, हाय ! अचम्म ॥

(२३)
पृथ्वीतलमा यौटासम्म
मानिस बाँकी रहँदा-सम्म ।
नाथ ! सुगाको जन्म नहोस
बल्ल मलाई आयो होस ॥ *****

  • यो कविता नेपाली तेस्रो किताबमा छापिएको हो । -लेखक