छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको नन्छ दाना ।
सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥"
(७४)
"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्गित भित्र भित्र यो ॥
(७५)
यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सन बीच सुन्दर ?
रंगदार सजीवता भनी-
कन हेरे छ यही सधैँभर ॥
(७६)
भन चारु सखै प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)
कसरी सहँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मर्तुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)
Page:Shakuntala.pdf/249
Appearance
This page has not been proofread
