This page has not been proofread
६
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।
७
हजारौं के लाखौं पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला।
कठै रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी।।
८
कसैलाई कोही न अनुभव विश्रान्तिसुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको।
जता हेर्यो तृष्णामय विकट 'कालाज्वर' उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी।।