This page has not been proofread
१६
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा।।
१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी।।
१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ भनी।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा।।