Jump to content

Page:Tarun tapasi.pdf/61

From Nepali Proofreaders
Revision as of 20:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन ::अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन। खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी ::कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।। {{pcn...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।।


क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी।।


कठै त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी।।