Jump to content

Page:Tarun tapasi.pdf/53

From Nepali Proofreaders
Revision as of 19:59, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा ::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा। जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो ::निकै नै कम्ती भो, विहगवधबाधा जह...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२१
निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा।
जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो
निकै नै कम्ती भो, विहगवधबाधा जहरिलो।।

२२
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा।
जटाशाली अग्लो शिर पवनको रङ्गरसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्तिसुषमा।।

२३
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै मेरा लेखा तर अबुझ ती बालक थिये।।

२४
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थें, हुन्थें प्रणयरसले गद्गद अति।
बित्यो एवरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणयविधुको कान्ति फिंजियो।।

२५
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणयशिवको पूजन गरी।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा।।

२६
यति भनी तपसीले मन्द निःश्वाससाथ
मुखकमल झुकाये, बन्द भो सूक्तिपात।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालें पवित्र।।