Jump to content

Page:Tarun tapasi.pdf/51

From Nepali Proofreaders
Revision as of 19:59, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा ::थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा। अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव ::म कच्चा विद्यार्थी, शकिन सहसा सम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब।।

१०
जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म।।

११
कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून्।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू।।

१२
डुब्यो त्यस्तो चालासित किन चराको रगतमा?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा।।

१३
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थप्रणयविधुको शीतल कला।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय।।

१४
जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल।।