This page has not been proofread
(१७६)
ठूला ठुला क्रषिहरू पनि धन्य भन्छन्]
यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् ।
रोहित् पनी रयिति राजि खुशी गराइ
राज्काज् गरे सकल भूपति वश् तुल्याई
(१७७)
धन्यै हरिश्चन्द्र समान आहाँ ।
राजा हुने धाम 'कठिन् छ बाहाँ ॥
किर्ती जगतृमा फड्ली रहेको ।
तिन् लोकमा गुण पनि गाइएको ॥
(१७८)
संकष्ट सारा तहिँ भोगि लीए ।
सारा धरम सत्य बचाइ दीए ॥
इ्न्का सरी धर्मि थिएन पेल्हे ।
होलान् पछी क्वै न छ कोहि ऐल्हे ॥
(१७९)
जो यो हरिश्चन्द्र जि को चरिता ।
सब््ले गरुन पाठ अति भक्ति सीत ॥
सम्पूर्ण आपत् तहिँ नाश हुन्छ ।
मर्दा महाँ मुक्ति समेत दिन्छ ॥
॥ इति श्री सत्य हरिश्चन्द्र कथा ॥