(१५२)
राजाको पनि के छ हाल हविगत् देख्ू न सुन्रू भयो ।
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पतस्यो ॥
हाहा! प्राणपियार! हा! यति भनी लोटन् भुमीमा जसै ।
रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥
(१५३)
केही बेर् पछि होस भैकन उठे राजा र रानी पनी ।
लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित् भनी ॥
राजाको गति यो बुझेर मनमा झन् दुः ख लागीकन ।
धिक्कार् दैव! भनेर छाति पिटदै लागिन् बराबर रुन ॥
(१५४)
राजाले पनि आफनू सब कुरा यस्तो भएको भनी ।
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥
रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन् ।
रूदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन् ॥
(१५५)
मूर्छा देखि उठेर सुस्त स्वरले खैँचेर मन् त्यो घरी ।
खोली नेत्र गरेर साहस ठुलो भन्छिन् अगाडि सरी ॥
हेनाथ्! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो ।
छोड्नूछैन तथापि सत्य छ ढुलो पर्ने जती भैगयो ॥
Page:Satya harihschandra katha.pdf/42
Appearance
This page has not been proofread
