Jump to content

Page:Luni.pdf/24

From Nepali Proofreaders
Revision as of 11:12, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१९)}} आँखा रुक्दी ल्‌नी रानी गाला गाला फुल्छिन्‌ । नशा नशा गुलाफ चल्छन्‌ नरम तवर बोल्छिन्‌ ॥ {{pcn|(२०)}} "ह्वेन जिन्जी ! ह्वैन जिन्जी, फूटो बोल्छयौ तिमी !" जिन्जी भन्छ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१९)
आँखा रुक्दी ल्‌नी रानी
गाला गाला फुल्छिन्‌ ।
नशा नशा गुलाफ चल्छन्‌
नरम तवर बोल्छिन्‌ ॥

(२०)
"ह्वेन जिन्जी ! ह्वैन जिन्जी,
फूटो बोल्छयौ तिमी !"
जिन्जी भन्छे "चिन्छु मैले
चिन्छु तामा सीमी ।"

(२१)
"तर आज लनी रानी,
अर्ती मेरो सुन ।
सेर्पा चाङना कम्बल जस्तो
तिमी हाम्री सुन ।

(२२)
आउला ठूलो आँधी गड्गड
रूखलाई रुलाई भाँची !
राम्रो गरी सहमाले है
आफ्नो दशा जाँची !

(२३)
निकाल्दिन्छु म ता त्यल्लाई
हाम्री रानी लनी !"
बरबर आँखा दोटा सरे
रेशम रुल्लरमुनि