Jump to content

Page:Luni.pdf/22

From Nepali Proofreaders
Revision as of 11:12, 2 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१०)}} क्यान आज लूनी रानी, भिर्मिरेको पलमा । आँसु दाना जस्तो भयौ कुमुदको फूलमा, {{pcn|(११)}} आज क्यान लूनी रानी, हेलम्बूकी चली । तारामनि फुके जस्तो साँझको म्लिमिल जेलि !...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१०)
क्यान आज लूनी रानी,
भिर्मिरेको पलमा ।
आँसु दाना जस्तो भयौ
कुमुदको फूलमा,

(११)
आज क्यान लूनी रानी,
हेलम्बूकी चली ।
तारामनि फुके जस्तो
साँझको म्लिमिल जेलि !

(१२)
भँवराको पखेटा झेँ
केश तिम्रो कोरी
'जिन्जी' सोध्छे लूनी रानी
हेलम्बकी छोरी ।
भइ हाम्लाई दिलको दर्द
हिउँ जस्तो गोरी ।

(१३)
थोरै खाने थोरै बोल्ने
रातमा धेरै जागा ।
बादलवारि हेर्ने धेरै
या त फूलको हाँगा ।
दुना लायो कल्ले रानी
नानीमाथि रूल्की
बोल बोल, माया गर
नजलन सल्की ॥