Jump to content

Page:Luni.pdf/14

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} वनका चरा बोल्छन्‌ उनका बोलीमा । राम्रा सब चीज मिल्छन्‌ उनका चोलीमा । {{pcn|(८)}} मलमल अल्खा सुन्दर सलमल रल्कन्छिन्‌ । हावा परी केशमा चुम्न पल्कन्छिन्‌ । जँका या...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(७)
वनका चरा बोल्छन्‌
उनका बोलीमा ।
राम्रा सब चीज मिल्छन्‌
उनका चोलीमा ।

(८)
मलमल अल्खा सुन्दर
सलमल रल्कन्छिन्‌ ।
हावा परी केशमा
चुम्न पल्कन्छिन्‌ ।
जँका यारिङलाई
फलमा इल्कन्छिन्‌ ।

(९)
माणिक बाला सुनको
तेलको बट्टामा ।
सुग्घर हातका राम्रा
हेलम्बूका केटो
बैँसका ठट्टामा ।
तातो पानी फेटी
कपाल फल्काउँछन्‌ ।
चाँदी डाठै थाँक्रो
हातमा ढल्काउँछन्‌ ।
अँध्यारोलाई फाली
पूर्व बादलमा