(१२)
पोची आश्रममा वशिष्ठमुनिका सङ्मा सुध्याये तहाँ ।
हे सर्वज्ञ गुरो।कसोगरि हुनन्. छोरा मलाई यहाँ ॥
राजाको सुनि विन्ति फेरि मुनिले भन्दाभये त्योघरी ।
होला पुत्र असल् उनै वरुणको भारी तपस्या गरी ॥
(१३)
यस्तो उत्तर पाइ निश्चय गरी गङ्घा किनारा महाँ ।
गै पद्यासन बाँधि नेत्र चिम्ली राजा बसे झट् तहाँ ॥
तिन्को त्यो दृढ ध्यान देखि खुशि भै साम्नै अगाड्डी भई ।
साह्ै कोमल बोलिले करुण आज्ञा गरे यो तहीं ॥
(१४)
हेराजन्! तिमिदेखि खूशी म भएँ इच्छाभएको यहाँ ।
मागील्यौ वरदान दिन्छु अहिले तिम्रा अगाडी महाँ ॥
यस्तो बात सुनि सकी जलधिको अत्यन्त खूशी भई ।
हात््जोरीकन बिन्ति यो गरिलिये साम्ने महाँ ती गई ।
(१५)
संतान्छैन मलाइ हेवरुणजी! संतान् दिनूहोस् भनी ।
यस्तो बिन्ती सुनिसकी वरुणले भन्दाभए फेर् पनी ॥
संतानृता तिमीलाइ छैन नृपते साँचो बताएँ यहाँ ।
छोराको मुखमात्र हेर्न दिउँला गर्नोस् प्रतिज्ञा यहाँ ॥
Page:Satya harihschandra katha.pdf/7
Appearance
This page has not been proofread
