न सरस नखराले भौं छरीता उचाली ।
नयन मृदुल तिर्छीको इशारा निकाली ॥
चलचल चतुरा छन् स्नेहका चट्ट छाले ।
मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥
(३४)
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी ।.
शरम पनि नजान्ने जङ्गली क्या बरा यी॥
बरु सब गमलामा राख्नु तस्बीर पारी ।
युवति सद्स च्राला एक नै छैन भारी ॥
(३५)
न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन् एक पट्ठा ॥
वरिपरि सब सेना देख्दछन् ज्ञानलट्ल ।
यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
नत वचन म बोलूँ बन्द पार्नेछु बट्टा ।
बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥
बरु कमले फुलेको हेर्नु सौगन्धगट्टा ।
(३६)
खि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौंतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल ।
यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥”
(३७)
नृपवर तब भन्छन्- “जङ्गली यी प्रसून।
प्रकृत तवरका छन् पौर-चापल्यहीन ॥
सहज ललितताका छन् लता झैं फुलेका ।
मृदु अधर खुलेका, अङ्ग राम्रा मिलेका ॥
(३८)
Page:Shakuntala.pdf/146
Appearance
This page has not been proofread
