[२१]
मुना मुना के भन्छ
आँधी खपी नरम छ।
लडाइँ गर्ने बाँढको बोट ।
डचाङ्याङ् डुझ्गुङ् शरम छ ।
[२२]
फूलको नसा के भन्छ
चोट लाए पाप हुन्छ।
पृुथिवीको छातीमा ।
ढुङ्गे दिललाई श्राप हुन्छ ॥
[२३]
फूल सारा क्या रुन्छन्
मानिस दिलले नसुन्छन्
घूलो वर्षले घुन्छिन्
मुर्दा आँखा सुनसान छ।
[२४]
मेघ छैँ मर्द गर्जन्छ
हाम्रो आँसु वर्षन्छ ।
लडाकाले शान्तिको ।
ढुक्कुर मुटु तर्सिन्छ ।
[२५]
भित्र चरी मूर्छा छ ।
बाहिर मुङ्गो वर्षा छ
काँप्छिन् पृथ्वी धाँजा गै ।
छातीमा दु:खको धर्सा छ ।
[२६]
फूल यौटा बनाइदेक
दता त्यल्लाई भन्नेछु
च्याती च्याती मार्नेलाई
राक्षस मैले गन्नेछु ॥
[२७]
दिलमा मासु नपल्हाई
कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
पीर्ति गर्ने मर्दैन ।
[२८]
कृगडा यौ के लागि ?
माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्चुला
ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !
[२९]
सुनको शहर माथि छ
नरम दिल पो साथी छ ।
फुली आएँ बोलाउन
मनमा तिम्रो राती छ ॥
[३०]
ईश्वर फूलमा वेद फल्यो
सुगन्धमा सत् फुल्यो ।
किरण भई भेद खुल्यो !
चरी बोलमा प्रेम बोल्यो
यस्तो संसार पाएर
अन्धो आँखा क्या पोल्यो
[३१]
आँसुभरी ले विन्ति
वीर है मेरो बेगिन्ती
Page:Mhendu.pdf/27
Appearance
This page has not been proofread
