Jump to content

Page:Mhendu.pdf/15

From Nepali Proofreaders
Revision as of 08:34, 17 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
तृतीय
(प्रकृतिमा म्हेन्दु)

[१]
यात्री बनेँ गोसाईथान
सारा सुनेँ निर्णर गान ।
सात कर्नाको बीणा रुनकून
चाँदी रङ्गमा रद जुनजुन ॥

[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा करफर गहवर गुञ्जन
कुँज्छन्‌ कूजन पन्छी रुन्छन्‌ !
नाला-बाला बेल्छन्‌ गुनगुन
रल्की रर्छन्‌ जूनका कनकन
बोल्दा संसार लिन्छन्‌ स्पन्दन
कर्छन्‌ सारा सुरका नन्दन
मधुर देशका अधखुल कनकन ।
सकल मिलीकन स्वरमा रुन्छन्‌
भर्दै दिलमा अविदित रुन्ङुन

[३]
“पर पर बन्ने भाग्य छ मेरो
हेर्दैछु जलले गिरि, बन घेरो ।
अछ्ले रोक्छन्‌ दिल यो मेरो"
भन्दै मानो रुन्छन्‌ 'हेन्द'
रुन्छिन्‌, रुन्छन्‌
सब स्वर हुन्छिन्‌
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
फार्छिन्‌ घुन्छिन्‌ ।
सारा प्यारा दिल दिल दिल ।

[४]
बरबर हुन्छिन्‌ बरबर हुन्छिन्‌
मानो वर्षा बादल बन्छिन्‌ ।
स्मृतिमा बिजुली किलखिल खिल
मानो भन्छिन्‌ गुम्बु गम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
कर्दछ बन्दै जन जल जल
यो हो मेरो संकेत भाषा

[५]
यो हो मेरो आँस्‌ आशा
ध्वनिले बुरुने मासा मासा
रूल्कोस्‌ दिलमा कल रुल फूल ।
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !

[६]
के भन्छिन्‌ ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु” दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
काढ्छुप्पामा चुलबुल चाहा !

[७]
रुल्कन्छन्‌ के के मनमा रुल्का
स्वर्ग र पुथ्वी किल्का मिल्का ।