Jump to content

Page:Buddhibinodko pahila binod.pdf/12

From Nepali Proofreaders
Revision as of 16:09, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> चपाइ काचा कचिला तिता फल मचाउँदै व्यर्थ कडा कचिङ्गल ॥ अघी पनि जन्म बिते कडोरन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|२०}} अरण्य त्यो बाहिर मात्र रम्य छ फसे पछी भित्र बडो अ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चपाइ काचा कचिला तिता फल
मचाउँदै व्यर्थ कडा कचिङ्गल ॥
अघी पनि जन्म बिते कडोरन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२०

अरण्य त्यो बाहिर मात्र रम्य छ
फसे पछी भित्र बडो अगम्य छ ॥
बिपत्ति पर्छन्‌ त्यसमा हजारन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२१

कतै सदा कण्टक-जन्य सङ्कट
कतै लता-वेष्टित झोज झङ्कट ॥
जता दियो दृष्टि उतै त बन्धन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२२

विषालु विच्छीहरू छन्‌ कतै खडा
कतै अरिङ्गालहरू बडा बडा ॥
सबै खनिन्छन्‌ शिरमा प्रतिक्षण
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
२३