प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन् ती ।
रि]
मेरो माटो देखेर
सिँगारिका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुर्ने मलाई पारी आ ।
अर्की जनम खेलाउने ।
ड्ड
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चुलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो ।
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥
रि]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन ।
आ लड आ भिड् ! भिड्दैन ?
अक त चीसो रगतको
तेरी टाउको गिँड्दैन ।
थरथर सिङ् हे छेरुवा
'कानलाई लाजले छैड्दैन ?
[२५]
म्हेन्द॒ भन्छिन् रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अरु राङ्जाजी
शरम धरम सब फाली ?"
|
“हे वीर । हेर हेर एक फेरा
चाँदी चुली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !
[२
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥
डि]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥
[२९]
शरम छैन के तेरो ?
माटो लान्छस् यो मेरो
मुटुमा मेरी चोटलाई ?
काटे काट् लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई ।
Page:Mhendu.pdf/28
Appearance
This page has not been proofread
