Jump to content

Page:Ritubichar.pdf/17

From Nepali Proofreaders
Revision as of 15:27, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread


नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर।
पानीबाट निकाले कि पद्मका रूपमा शिर?।।


लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत।।


हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति।।


संसार नाट्यशालाका छपर्दामध्य वास्तव।
ज्यादा वसन्तपर्दामा खुशी छ जगतै सब।।


बहुत कम हुनाले काव्यको भङ्गिभाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव।
भनिकन पहिले नै केही सङ्कोचसाथ
बुधजनसँग बिन्ती गर्छ यो लेखनाथ।।

इति वसन्त-विचार