Jump to content

Page:Bhikari.pdf/15

From Nepali Proofreaders
Revision as of 14:07, 25 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{larger|'''माली'''}} <poem> बिनी बिती बीउ बारी सजाउँछु दिलको सलिल छरेर भिजाउँछु ::बिरुगा बहुत बढाई, ::जीवनभित्र सुगन्ध भिजाउँछु ::कलिला फूल फुलाई ::उमङ्गहरूमा म वसन्त फुलाउँछु ::नव मलयपवन बहाई । उज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

माली

बिनी बिती बीउ बारी सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुगा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

उजाड भर्दछु रङ्ग बैभवले,
पल्लव कलिले सौरभ नबले

कल्पनाको बाग;
भावनाका मसिना रवले
भर्दछु मीठो राग
सज्दछु अनुभव-रजनी-लवले
गर्दछु आह्लाद-पराग ।

काँढामाथि सिहरी चल्छन्‌
आँसुहरूका रसले फुल्छन्‌
दिव्य हाँसी कविता-फूल,