Jump to content

Page:Champa.pdf/42

From Nepali Proofreaders
Revision as of 23:57, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले । एक दिन रमादेवीले थाहा पाइन् । धा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बाह्र बजे राति नुहाउन लागिरहेछ । यो के गजब ? रहेछ आफ्नो छोरो । हप्काइन् । बदमास ! उल्लू ! के गरिरहेको यस वेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ! फटाहा ! … अवश्य यसले देवीको साधन गर्न लागेकी हुनुपर्दछ ।

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तका निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो । हाँसोको पहिलो भाग मात्र नानीको चमचमिलो चमकबाट छेडेर । बराबर मेनका नाचेझैँ वस्तुहरूको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, ! उसको पुष्टता, हाँकदार विकचता । कति बेसरम सर्माइलो मिठास ! मानो मनुष्य उसको बागमा फूल थियो- शिखर सौन्दर्यमा- र त्यही रूपको पुनरुत्थान र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकाशका सजीव क्रिया चलिरहन्थे- मानो पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"

उनको भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे । वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्राकृत क्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्मबाट पनि संसार रचना भएन । प्रेम प्राकृत क्रिया हो । भालेपोथी, पोथीभाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? ….. पशुपति-गुह्वेश्वरी-पशुपति । लिङ्गदर्शन संसारको उच्चात्युच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन- पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाका