'बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।'<ref group="✺" name="p18">✺'नमान पीर बुहारी मेरी पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हैर्यौ नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ ।'
Cite error: The opening <ref>
tag is malformed or has a bad name